जिल्लाभर फागुन २९ देखि चैत्र १ गते सम्म हात्तिपाइले रोग विरुद्धको अभियान

Posted on: 03 Mar, 2016

ललित बोहरा/फागुन २०, डडेल्धुरा । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले हात्तिपाइले रोग विरुद्धको चौथो बर्षको अभियान फागुन २९ देखि चैत्र १ गते सम्म सञ्चालन गर्ने भएको छ ।

अभियानका क्रममा हात्तिपाइले रोग निवारणका लागि डी.इ.सी र अल्बेन्डाजोल नामक औषधी स्वयमसेवकहरु मार्फत खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल निरिक्षक दिपेन्द्र रावलले बताउनुभयो ।

रोग निवारणमा प्रयोग हुने औषधिहरु सबै सुरक्षित र प्रभावकारी हुने भएकाले २ बर्ष मुनिका बालबालिका, गर्भवति महिला र कडा खाले रोग बाहेकका सबै नागरिकलाई औषधि सेवन गर्न निरिक्षक रावलले आग्रह गर्नुभएको छ ।

डडेल्धुराका १ लाख ५२ हजार २ सय २२ जना मध्ये १ लाख ३८ हजार ७ सय नागरिकहरुलाई हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाइने लक्ष्य रहेको जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले आज हात्तिपाइले रोग निवारण सम्बन्धि पत्रकार अन्तक्र्रिया कार्यक्रम गरी अभियानको तयारी र औषधी वितरणका बारेमा जानकारी गराएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!