भिम दत्त पन्त राष्ट्रिय शहीद घोषणा

Posted on: 04 Mar, 2016

ललित बोहरा/फागुन २१, डडेल्धुरा । शहिद भिमदत्त पन्तलाई नेपाल सरकारबाट राष्ट्रिय शहीद घोषण गर्न सहयोग गर्ने सबैलाई भिमदत्त पन्त स्मृती प्रतिष्ठानले धन्यवाद ज्ञापन गरेको छ ।

बुधबार नेपाल सरकारको मन्त्री परिषदको निर्णयले किसान नेता पन्तलाई राष्ट्रिय शहीद घोषणा गरेको थियो । अन्या अत्याचार गरीबी र अशिक्षाका बिरुद्ध ज्यान गुमाएका क्रान्तिकारी योदा पन्त २०१० साल ४ महिना १७ गतेका दिन डडेल्धुरा जिल्लाको आलिताल गाबिस ७ गल्लेकमा बिरगती प्राप्त गरेका थिए ।

राष्ट्रिय सहीद घोषणा गर्नमा सहयोग गर्न नेपाल सरकार मन्त्री परिषद, सम्र्पण राजनीतीक दल, नागरीक समाज, पत्रकार, संञ्चारकार्मी, बुद्धीजीबी, ब्यपारी, समाज सेबी लगायताका सबैलाई धन्यावाद भनी प्रतिष्ठानले बिहीबार जारी गरको प्रेश बिज्ञप्तिमा उल्लेख गरेको छ । किसान नेता पन्तलाई नेपाल सरकारले राष्टिय सहीदमा ६० बर्ष पछी सहीद घोषणा गरको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!