इन्धन अभावका कारण बैतडीका विकास निर्माणका कार्यहरु ठप्प

Posted on: 04 Mar, 2016

फागुन २१, डडेल्धुरा । नेपाल सरकारले भारतद्धारा गरीएको अघोषित नाकाबन्दी हटाईएको घोषणा गरेतापनि बैतडीमा इन्धनको ठुलो अभाब देखिएको छ । बैतडीका विकास निर्माणका कार्य इन्धन अभावका कारण ठप्प भएका छन । देशकै सबैभन्दा ठूलो पञ्चेश्वर बहुउद्देशीय परियोजना जोड्ने पाटन पञ्चेश्वर सडक खण्ड इन्धन अभावका कारण प्रभाबित भएको डिभिजन सडक कार्यालय न.३ पाटनका इञ्जिनियर नितिन आचार्यले बताउनु भएको छ ।

त्यस्तै आफ्नो ब्यवसायमा ठूलो संकट परेको, इन्धन संकट एक महिना सम्म रही रह्यो भने तोकिएको समयमा काम पुरा गर्न नसकिने र निर्माण ब्यबसायीहरु धारासायी हुने एस.के. निर्माण सेवाका सञ्चालक मदन मोहन बिष्टले बताउनु भएको छ । बैतडी जिल्ला भरीमा एक मात्र पेट्रोल पम्प रहेकोले बैतडीमा ठूलो रुपमा इन्धन संकट परेको अर्का निर्माण ब्यबसायी कैलाश कन्सटक्सनका सञ्चालक दानसिंह रावलले बताउनु भएको छ ।

यस्तै बैतडीको कैलपाल गाबिस ८ र ९ गेरडा, डंसिलीमा बिधुतको पोल गाडेको ठाउँमा तारतान्ने ठेक्का भईसके पनि काम भने सुरु हुन सकेको छैन । बिद्युतको पोलगाडेको करिब ७ बर्ष भईसक्दा समेत अहिले सम्म बिधुत सुचारु हुन नसकेको हो । बिधुतका सामाग्री केही दिनमै बैतडी पुग्ने र चाडै काम सुरु गरिने नेपाल बिधुत प्राधिकारण बितरण केन्द्र बैतडीले जनाएको छ । बिधुत सुचारु नहुदाँ त्यस क्षेत्रका नागरीक आक्रोसित भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!