चेकजाँचमा ट्राफिक प्रहरीको कडाई, मनोमानी भाडा रोक्न गाडिमा भाडादर पत्र राख्नु पर्ने

Posted on: 11 Mar, 2016

ललीत बोहरा/फागुन २८, डडेल्धुरा । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराले सवारीका साधनको चेकजाँचमा कडाई गर्नुका साथै यात्रु सहजताका लागि नँया अभियान थाल्दै छ ।

सार्वजनिक सवारीका साधनमा नेपालमा पहिलो पटक ट्राफिक नियम लेमिनेसन कार्ड अनिवार्य गराएको थियो । यस संगै ग्रामिण सडकमा चेक जाँच, नियमित चेकजाँच, छड्के चेकजाँच गर्दै आएको छ ।

उग्रतारा, डडेल्धुरा सार्वजनिक यातायात समितीद्धारा संञ्चालित सवारी साधनले ग्रामिण सडकमा मनोमानी भाडा असुल्ने कार्य नरोकिएको बताउदै ट्राफिक पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायव निरिक्षक बिर बहादुर एडीले सवारीका साधनमा भाडादर कार्ड स्पष्ट देखिने गरि अनिवार्य राख्नु पर्ने बताएका छन ।

उग्रतारा यातायात समितीका अध्यक्ष सन्तोष खड्काले समितीले ईजाजत दिएको सडकमा कुनै पनि सवारीका साधनले मनोमानी भाडा नलिएको बताएका छन । भाडादर कार्ड छपाईको प्रत्रिया अघि बढेको उनले जनाएका छन ।

समितीले ईजाजत नदिएको सडकमा चल्ने सवारी साधानले आफुखुसी भाडा लिने गरेको अध्यक्ष खड्काले बताएका छन । विभिन्न ग्रामिण सडकमा समितीले ईजाजत नदिएको समितीले बताए पनि उग्रतारा सार्वजनिक यातायात लेखिएका जिप गाडि ग्रामिण सडकमा चल्ने गरेका छन । बिना चलान संञ्चालनमा रहेका जिपलाई समितीले नियन्त्रणमा लिन सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!