देउवा सभापतिमा निर्बाचित भएसंगै देउवाको जन्म भूमीमा खुसियाली

Posted on: 13 Mar, 2016

khusiyaliललित बोहरा/फागुन ३०, डडेल्धुरा । नेपाली कांग्रेसको १३आँै महाधिबेशनबाट सभापतिमा शेरबहादुर देउवा चयन भएको खुसिमा कांग्रेस डडेल्धुराले नर्वनिवाचीत सभापती देउवाको जन्मभुमीमा नै खुसियाली मनाएको छ ।

देउवाको जन्म स्थलमा खुसियाली ¥याली कार्यक्रममा जिल्ला सभापति कर्णबहादुर मल्लले सभापतिमा देउवालाई जिताउने नेता कार्यकर्ता प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

खुसीयाली कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला सभापती कर्ण मल्लले सविंधान कार्यान्वयनमा देउवाले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्दै उहाँको कार्यक्रकालको सफलताको पनी कामना गर्नु भयो । यस्तै खुसीयली कार्यक्रममा सभापती देउवाका काका नाता पर्ने ९७ बर्षीय प्रताब देउवाले देउवा सभापती पछि रुवाखोला नीवासीलाई गैरव बढेको धारणा रहेको थिए ।

साथै उहाँ अब देउवाले सुदुरपश्मिको बिकाशमा बिशेष जोड दिनु पर्ने बताएका छन । खुसीयाली कार्यक्रममा काङग्रेस कार्यकर्ता लगायत देउवा प्रेमी थुप्रै नागरिकहरुको सहभागिता रहेको थियो ।

देशकै ठूलो पार्टीको पार्टी सभापतिमा देउवा चयन भएकाले डडेल्धुरा जिल्लाको उल्लेखनिय रुपमा बिकास हुने प्रति स्थानियहरु हर्षित भएका छन । कार्यक्रमको समापनमा राजनीती सम्बन्धी देउडा समेत प्रस्तुत गरीएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!