सुदुरपश्चिम उपक्षेत्रिय अस्पतालमा १७ कर्मचारी अनुपस्थित

Posted on: 14 Mar, 2016

aspatalललित बोहरा, चैत्र १, डडेल्धुरा / सुदुरपश्चिम उपक्षत्रीय अस्पताल डडेल्धुराका १७ जना कर्मचारी अस्पतालमा अनुपस्थित रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालयले सोमवार गरेको कार्यालयको छड्के अनुगमन चेकजाचको क्रममा उपक्षेत्रिय अस्पतालमा १७ जना र जिल्ला स्वास्थ्य कार्यालयमा १ जना अनुपस्थीत भेटीएको सहायक प्रमुख जिल्ला अधीकारी करुणाकर अवस्थीले बताएका छन ।

अनुपस्थित रहेका कर्मचारीको बारेमा कार्यालय संग स्पष्टीकरण माग गरिएको छ । कार्यालयमा कर्मचारी अनुपस्तिथीतको कारण खुल्न सकेको छैन ।

कार्यालयमा बिना जानकारी अनुपस्थित रहेका कर्मचारीलाई आवश्यक कावार्ही गरिने जिल्ला प्रशासनकार्यालय डडेल्धुराले जनाएको छ । साथै पछिल्लो समय २४ घण्टा नै सुचारु हुने भनीएपनी रातिको समयमा इमेजेन्सी सेवामा समेत डाक्टर नहुने गरेको देखीएको छ । अस्पतालमा सुदुरपश्चिका ७ पहाडी जिल्लाका बिरामीहरु सेवा लिने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!