भिरबाट खसेर डडेल्धुरामा गर्भवति महिलाको मृत्यू

Posted on: 15 Mar, 2016

ललित बोहरा, चैत २, डडेल्धुरा / डडेल्धुराको मणिलेक गाबिसमा भिरबाट खसेर आज एक गर्भबति महिलाको ज्यान गएको छ । घाँस काटने क्रममा रढुवाको भिरबाट खसेर ३० बर्षीया जमुना भुलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृतक भुललाई उपचारको लागी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याउने क्रममा बाटोमा नै ज्यान गएको मृतकका आफन्तले जानकारी दिएका छन । मृतकको श्रीमान कामको शिलशिलामा भारत गएका छन भने घरमा ५ बर्षिय छोरा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!