उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा खेमराज पनेरु ७८ मतले विजयी

Posted on: 20 Mar, 2016

ललित बोहरा, चैत्र ७, डडेल्धुरा / उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा खेमराज पनेरु विजयी भएका छन । अध्यक्ष लगायत समपुर्ण पदमा हिजो देखि चुनाव भएको थियो । अध्यक्ष पदका अर्का उमेदवार पुर्व अध्यक्ष लोकराज भट्ट ७८ मतको अन्तरले परिजित भएका छन । निर्वाचित अध्यक्ष खेमराज पनेरुले तिन सय ९० र लोकराज भट्टले तिन सय १२ मत पाएका थिए ।

paneru

प्रथम उपाध्यक्षमा तिन सय ५० मतका साथ भोजराज भट्ट विजयी भएका छन । यसै गरि द्धितिय उपाध्यक्षमा तिन सय ६७ मत प्राप्त गरि राजेन्द्र पनेरु विजय भए भने महासचिवमा चार सय छ मत ल्याउदै द्धिजराज भट्ट विजयी भएका छन । सचिवमा खेमराज अवस्थिले तिन सय ४२ मत ल्याई विजयी भएका छन ।

कोषध्यक्षमा दिपक महताले तिन सय २५ मत प्राप्त गरि विजयी भए । यसै गरि सदस्यमा गणेशप्रशाद भट्ट, जगदिश पनेरु, नेत्रप्रशाद अवस्थि, विमल कार्की, बाशुदेव जोशी, बिष्णुराज जोशी, भक्त शाहु, भावना भण्डारी, रामबहादुर शाही र लोकराज शर्मा विजयी भएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!