ताला तोडेको प्रति आन्दोलित बिद्यार्थी सगंठनको ध्यानाकर्षण

Posted on: 24 Mar, 2016

ललित बोहरा/चैत ११, डडेल्धुरा । आन्दोलनरत संयुक्त बिद्यार्थी सगंठनद्धारा डडेल्धुरा बहुमुखि क्याम्पसमा लगाएको ताला तोडेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नो स्वार्थपूर्ति गर्ने मनसायले बिना जानकारी र प्रमूख जिल्ला अधिकारीको संरक्षणमा शशस्त्र प्रहरीको घेरामा केही अपराधिक मनस्थीति भएकाहरुले आन्दोलनरत संयुक्त सगंठनले लगाएको ताला तोडेको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको पाँच बिद्यार्थी सगंठनद्धारा हस्ताक्षरित संयुक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा ७ वटा मागहरु राखिएका छन । जसमा बिज्ञप्तीको चौथो बुदाँमा उल्लेखित क्याम्पसमा भएको करोडौको भ्रष्टाचारका साथै आ.ले.प को प्रतिबेदनमा देखिएको १ करोड ९२ लाख बेरुजुका बारेमा छानबिनका लागि माग गरेको छ । सो मागहरुको सुनुवाई नभए त्यसबाट हुने क्षतिको जवाफदेही क्याम्पस प्रशासनले हुनुपर्ने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!