कर्मचारीको समय पालना र नियमितताको लागि डिजिटल हाजिरी

Posted on: 17 Apr, 2017

नन्दराम जैशी | बैशाख ४, जुम्ला | विद्यालयमा कर्मचारीको समयपालना र नियमितताको लागि चन्दननाथ मावि खलंगा बजार जुम्लामा डिजिटल हाजिरी प्रणालि शुरु भएको छ । हरेक दिन दुइ पटक बिहान कार्यालय आँउदा र साँझ जाँदा विद्यालयमा शिक्षक र अन्य कर्मचारीले डिजिटल हाजिरी गर्ने भएका छन् । यो हाजिरी प्रणालि अपनाउने जिल्लाका सरकारी विद्यालयमध्य चन्दननाथ मावि पहिलो विद्यालय रहेको छ ।       

विद्यालयका प्रधानाध्यापक टंक बहादुर महतका अनुसार विद्यालयमा रहेको करीब ३० जना कर्मचारीले डिजिटल हाजिरीको सेवा उपभोग गर्ने भएका छन् । उहाले भन्नुभयो, यो हाजिरीले कर्मचारीको समयपालना र नियमिततासँगै उनिहरुको कार्य सम्पादनमा पनि गणस्तर आउने छ ।   

डिजिटल हाजिरी सेवा संचालन खासै त्यति महंगो छैन । तर त्यसलाइ संचालन गर्न सोलार सिस्टमको खाँचो पर्ने भएकाले विद्यालयमा सोलार सिस्टम जडान छ, हामिले नियमित यसको प्रयोग गर्नेछौ, प्रधानाध्यापक महतले बताउनुभयो । नँया बर्ष २०७४ को अवसरमा चन्दननाथ मावि खलंगा बजारमा डिजिटल हाजिरी प्रणालि सेवा शुरु गरीएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!