डडेल्धुरा बहुमुखी क्याम्पसमा फेरी चार बिद्यार्थी सङगठनद्धारा तालाबन्दी

Posted on: 25 Mar, 2016

ललित बोहरा, चैत १२, डडेल्धुरा / संयुक्त बिद्यार्थी सगंठनद्धारा डडेल्धुरा बहुमुखि क्याम्पसमा फेरी तालाबन्दी गरीएको छ । बिभिन्न माग राख्दै २५ दिन देखी लगाएको ताला नेपाली काग्रेस निकट नेबिसघं डडेल्धुरा, प्रमुख जिल्ला अधिकारी र प्रहरीको सहयोगमा ताला तोडीएको थियो ।

आफ्नो स्वार्थपूर्ति गर्ने मनसायले बिना जानकारी र प्रमूख जिल्ला अधिकारीको संरक्षणमा शशस्त्र प्रहरीको घेरामा केही अपराधिक मनस्थीति भएकाहरुले आन्दोलनरत संयुक्त सगंठनले लगाएको ताला तोडेको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको पाँच बिद्यार्थी सगंठनले आज आयोजीत कोणसभामा भनाई राखेका छन् ।

कोण सभामा बिद्यार्थी संगठनहरुले ७ मागहरु राखिएका छन । जस मध्ये क्याम्पसमा भएको करोडौको भ्रष्टाचारका साथै आ।ले।प को प्रतिबेदनमा देखिएको १ करोड ९२ लाख बेरुजुका बारेमा छानबिनका लागि माग गरेको छ । सो मागहरुको सुनुवाई नभए त्यसबाट हुने क्षतिको जवाफदेही क्याम्पस प्रशासनले हुनुपर्ने बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!