डडेल्धुरामा सामुदायीक रेडीयो यूनीटी ९२.२ मेघाहर्जको नियमीत प्रशारण सुरु

Posted on: 27 Mar, 2016

Radio Unity Dadeldhuraललित बोहरा । चैत १४,डडेल्धुरा । डडेल्धुरामा केही महीना अगाडी स्थापन भएको सामुदायीक रेडीयो यूनीटी ९२.२ मेगाहर्जले आफनो नियमीत प्रशारण सनीबारबाट सुरु गरेको छ ।

यूनीटी रेडीयो सामुदायीक रेडीयो प्रशारक संघमा र सुचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई सञ्चारले समाजको परिर्वतन गर्ने उद्देश्यले सञ्चालमा आएको रेडीयोका स्टेसन मेनेजर उत्तर बिष्ट बताएका छन् । कार्यक्रममा फोन मार्फत सुभकामना दिदै सुचना तथा सञ्चार प्रबिधी मन्त्री सेरधन राईले रेडीयोले निष्पक्ष रुपमा समाज परिर्वतमा भुमीका खेलोस भन्दै प्रगतीको कामना समेत गर्नु भएको थियो । कार्यक्रममा सुभकामना दिने अधिकानस सहभागीहरुले रेडीयोले समाजीक आर्थिक, राजनीतक, कृर्षी, ब्यपार लगायतका बिषयहरुलाई बिशेष जोड दिनु पर्ने सुझाब ब्यक्त गरेका थिए ।

Radio Unity

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेल, डडेल्धुराका नेपाली सेनाका प्रमुख, जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख लगायत बिभिन्न सरकारी एवंम गैर सरकारी सस्थाका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता थियो । रेडीयोको स्टुडीयो अमरगढी नगरपालीका ५ बिधुत रोडमा रहने छ भने रेडीयो पाचँ सय वाटमा सञ्चाल रहने छ । निमीत प्रशारणको सुरुवातमा यूनीटीले ३१ ओटा कार्यक्रम सार्वजनीक गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!