डडेल्धुरा लगायत सुदूरपश्चिममा पहिलो दिनको एसएलसी शान्तिपूर्ण रुपमा सम्पन्न

Posted on: 31 Mar, 2016

ललित बोहरा/ चैत १८, डडेल्धुरा । आजदेखि देशभर एकै साथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा सुदूरपश्चिममा पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा सुदूरपश्चिममा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ ।

डडेल्धुरा लगायत देशैभर एक हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०ः३० बजेसम्म सञ्चालन भएको परीक्षामा कुल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए ।

यता डडेल्धुराका १२ वटै परिक्षा केन्द्रहरुमा व्यवस्थित रुपमा परिक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ । भोलि १९ गते नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!