प्यारालिगल अमृत वि.सी सम्मानित

Posted on: 18 Apr, 2017


बैशाख ५, काठमाडौँ | दलित समुदायका व्यक्तिहरुको कानूनी सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याए वापत ल्यानकाउ नेपालका प्यारालिगल अमृत वि.सीलाई मारग्रेट क्यारोल लिगल एम्पावरमेन्ट एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको छ ।

विगत एक दशक देखी दलित समुदायका व्यक्तिहरुको न्यायमा पहुँच वृद्धिका लागी निरन्तर कार्यरत अमृत वि.सी ले दिगो विकास लक्ष्य—१६ ( शान्ती, न्याय र मजबुत संस्था ) कार्यान्वयनका लागी दलितहरुको कानूनी चेतना जगाउने, प्रयोग गर्न लगाउने, कानूनको पालना गर्न र निर्माण गर्न सहजीकरण गरी कानूनको शक्ती आम जनता समक्ष पुर्याउने काम गरेकाले यो पुरस्कार प्रदान गरिएको ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले बताउनुभो । 

प्यारालिगल अमृत वि.सीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित जिल्ला न्यायधिवक्ता प्रकाश बहादुर भण्डारी ले सम्मान गर्नुभएको थियो । सो अबसरमा बोल्दै जिल्ला न्यायधिवक्ता प्रकाश बहादुर भण्डारी ले कानुनलाई सबैले बुझने बनाउन ठुलो भुमिका खेल्न सक्ने बताउनुभयो । 

सम्मान प्राप्त गरेपछि प्यारालिगल अमृत वि.सी ले यो पुरस्कारले आफु जस्ता थुप्रै प्यारालिगललाई मेहनत साथ काम गर्न प्रेरणा मिल्ने बताउनुभयो । 


सो कार्यक्रममा बोल्दै समुदायका अध्यक्ष सिता विक र रिता पार्की र सामना टमट्टाले प्यारालिगलले आफुहरुलाई आफनो अधिकारका लागी बोल्न सिकाएको बताए । कानूनको जानकारीद्वारा गरिवीको मुक्ती मिल्ने रहेछ भन्ने पनि महशुस गरेको उनीहरुले बताए । 

कार्यक्रमका अध्यक्ष पत्रकार उम्मीद बागचन्दले दिगो विकास लक्ष्य कार्यन्वयनका लागी अमृत वि.सी जस्ता थुप्रै प्यारालिगको आवश्यकता भएको बताउनुभयो । 

कार्यक्रममा ठुलो संख्यामा समुदायका व्यक्ति, मानव अधिकार कर्मी र ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्द र भोज बहादुर पालको समेत सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!