पोखरामा मर्मत गर्ने क्रममा करेन्ट लागेर तीन जना घाइते

Posted on: 19 Apr, 2017

बैशाख ६, पोखरा । लेखनाथ महानगरपालिका ७ मासबारमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर तीन जना घाइते भएका छन् । बुधबार विहान साढे सात बजे विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेको हो ।

करेन्ट लागेका विद्युत प्राधिकरण पोखरामा कार्यरत पदम बहादुर पुन, भुवन बहादुर मगर र राजेन्द्र हमाल घाइते भएका छन् । घाइते पुन र मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते हमालको मेट्रोसिटि हस्पिटलमा उपचार पछि घर फर्किएका छन् ।

गम्भिर घाइते पुनको खुट्टा जलेको छ । पोखरामा विहान देखि विद्युत आपुर्ती बन्द भएको सुचना अधिकृत सुरेन्द्र शर्माले जानकारी दिए । केन्द्रिय प्रशारण लाइनमा नै समस्या देखिका कारण विद्युत आपुर्ती बन्द भएको उनको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!