डडेल्धुरामा च्याउको नमूना प्रदर्शन

Posted on: 05 Apr, 2016

चैत २३, डडेल्धुरा । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले च्याउको नमूना प्रदर्शन गरेपछि व्यवसायिक किसानहरु उत्साहित भएका छन ।chyau

कार्यालय परिसरभित्रै कन्ने च्याउको नमूना प्रदर्शन गृह निर्माण गरी च्याउ उत्पादन गर्न सुरु गरेपछि अवलोकन गर्न आउनेको संख्या बढदै गइरहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । उत्पादन प्रविधि प्रदर्शन नाम दिइएको उक्त नमूना गृहमा ४८ दिन अगाडिदेखि च्याउ उत्पादन सुरु गरिएको छ ।

४३ वटा झोलाबाट पहिलो चरणमा १०७ किलोग्राम च्याउ उत्पादन गरिएको छ । २० देखि ३० डिग्री तापक्रमसम्ममा मापदण्ड बमोजिमको उत्पादन प्रविधि अपनाई खेती गरेमा गुणस्तरीय च्याउ उत्पादन गर्न सकिने बताइएको छ । डडेल्धुरामा पछिल्लो समयमा व्यवसायिक च्याउ खेती हुन थालेपछि यसको माग पनि बढ्दै गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!