अमरगढी नगर समितीको दोस्रो बैठक सम्पन्न

Posted on: 08 Apr, 2016

चैत २६, डडेलधुरा । उपसभापति र सह–सचिव मनोनित गर्दै नेपाली काग्रेस डडेल्धुराको अमरगढी नगर समितीको दोस्रो बैठक बिहिबार सम्पन्न भएको छ ।

बैठकले उपसभापतिमा राम बहादुर ऐर र सह–सचिवमा कमला शाहुलाई मनोनित गरिएको नगर सभापति दानबहादुर पालले बताएका छन । यस अघि आइतबार बसेको पहिलो बैठकले सचिव सहित आठ सदस्य मनोनित गरेको थियो ।

जसमा सचिवमा नवराज पाण्डे, सदस्यमा रतनबहादुर ऐर, यज्ञराज भट्ट, बिष्णुराज भट्ट, चन्द्र साउँद चम्फा, रामेश्वरी पाठक, बलराम भट्ट, राम परियारलाई मनोनित गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!