डडेल्धुराका स्थानिय बासिन्दाहरु शुद्ध खानेपानीबाट बञ्चित

Posted on: 09 Apr, 2016

चैत २७, डडेल्धुरा । डडेल्धुराका स्थानिय बासिन्दाहरु अहिले शुद्ध खानेपानिबाट बञ्चित हुन पुगेका छन ।

डडेल्धुराको परशुराम नगरपालिका वार्ड नं ७ मलासपिपलकोटका स्थानिय बासिन्दाहरु खानेपानिको समस्या भोगिरहेका हुन । गर्मीयाम सुर भएसंगै खानेपानिका मुहानहरु पनि सुक्न थालेपछि स्थानिय बासिन्दाहरु बर्षौदेखि खानेपानिको समस्या भोग्न बाध्य भैरहेका छन ।

गर्मी समय लागेसंगै अहिले जिल्लाका अधिकांश गाउँमा पानीको मुहान सुक्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिका वार्ड नं ७ अन्र्तगत मलासपिपलकोटका स्थानिय बासिन्दाहरुलाई खानेपानीको समस्याले सताएको छ ।

सुकेका मुहानमा पानी नआउँदा स्थानिय बासिन्दाहरुलाई खानेपानीको चरम अभाव भएको हो । मलास पिपलकोटका सबैजसो स्थानिय बासिन्दाहरु अहिले पानीको समस्या भोगिरहेका छन । यसरी जिल्लामा खानेपानीको समस्या हुँदा समेत स्थानिय सरोकारवालाहरु भने मौन बस्ने गरेको स्थानियहरुले गुनासो गरेका छन ।

यदि समयमा नै सुद्ध खानेपानीको व्यवस्था गर्न नसके स्थानियहरु विमारी पर्न सक्ने समेत डर हुन थालेको उनिहरुको भनाई छ । अहिले भीरपाखाबाट बगेर जम्मा भएको धमिलो पानी पिउन बाध्य हुनुपरेको र यस्तै भए गाउँमा स्वास्थ्य समस्या देखा पर्ने खतरा रहेको स्थानियहरुको भनाई छ । स्थानिय सरोकार वालाहरुलाई छिटटै नै खानेपानिको व्यवस्था गरीदिन स्थानियबासिन्दाहरुले आग्रह समेत गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!