मोटरसाईकल दुघटना हुदा डडेल्धुरामा एक जनाको मृत्यू

Posted on: 10 Apr, 2016

चैत २८, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिकै चालीसे मोड नजिक हिजो राती से ३ प २६९१ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मोटरसाईकलमा सवार बगरकोट गाबिस वडा नं. ५ का रुप बहादुर महताको ज्यान गएको हो ।

सकायलबाट डडेल्धुरा सदमुकाममा काम बिशेषले आउने क्रममा मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मोटरसाईकल चालक अजय कठायत भने समान्य घाईते भएका छन् । दुर्घटनाको कारण बारे प्रहरीले अनुशन्धान जारी राखेकोे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!