ब्लड बैंक डडेल्धुरामा आवश्यक रगत अभाव

Posted on: 15 Apr, 2016

ललित बोहरा/ बैशाख ३, डडेल्धुरा । डडेल्धुरामा ब्लड बंैक संञ्चालन भए पनि समय समयमा आवश्यक रगतको अभाव हुने गरेको छ । कुनै समयमा डडेल्धुराबाट सेती अंञ्चल अस्पताल रगत पठाईए पनि आवश्यक पर्दा रगतको अभाव हुने गरेको स्थानियले बताएका छन । विरामीलाई अवश्यक रगत ब्लड बैंकमा मौजदात नहुदा विरामी लगायत ब्लड बंैकका कर्मचारीले भौतारिनु परेको छ । रेडक्रस शाखा डडेल्धुराद्धारा ब्लड बंैक संञ्चालनमा रहे पनि रगत डोनेसनको परिपाटी नभएकाले अभाव सिर्जना हुने गरेको छ । उपक्षेत्रिय अस्पतालमा बिहीवार रक्त अल्पताका विरामीको अपरेसनका लागी ओ पोजेटिभ ब्लड ग्रुपको चार पोईन्ट रगत ब्लड बंैकमा उपलब्ध नहुदा विरामीले निकै सास्ति खेप्नु परेको छ । रेडियो अमरगढी बाट ओ पोजेटिभ रगतको आवश्यकता सम्बन्धि समाचार प्रशारण पनि शुक्रवार एक बिद्यार्थीले रगत दिएका छन । श्वाईटपार्क कलेजमा ल्याव असिस्टेण्ट अध्ययनरथ डोटीको लाटामाण्डौ गाविस ९ का सुरेश रोकायाले रगत प्रदान गरे पछि विरामीको उपचार सम्भव भएको ब्लड बैंक ईन्चार्ज गणेश ऐरले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!