नेपाली कांग्रेस डडेल्धुरा शुभकामना आदान प्रदान गर्न गाँउ पस्दैँ

Posted on: 17 Apr, 2016

बैशाख ५, डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले ग्रामिण क्षेत्र सम्म नँया बर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस डडेल्धुरा कार्य समितीको नियमित मासिक बैठकले नँया बर्ष आगमनको अवसरमा शुभकामना आदान प्रदान गर्न डडेल्धुराका विभिन्न ग्रामिण क्षेत्र सम्म पुग्ने निर्णय गरेको कार्यालय सचिव रामबहादुर बिष्टले जानकारी दिएका छन ।

छैटौ जिल्ला अधिवेशनका क्रममा नेतृत्वका लागी जिल्ला स्तरिय नेताहरुमा देखिएको गुटबन्दि, गाउदेखि जिल्ला स्तरमा भएको निवार्चन प्रकृयाका कारण संगठनमा परेको असर न्युन गर्दै पार्टी संगठनलाई सुदृढ र एकताबद्ध बनाउने उद्देश्यले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको जिल्ला सदस्य करुणाकर भट्टले बताएका छन ।

शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा जिल्ला सभापति कर्णबहादुर मल्ल लगायत कार्यसमिती पदाधिकारी, सदस्यहरुका साथै जिल्ला स्तरिय नेताहरु सहभागी हुने कांग्रेस डडेल्धुराले जनाएको छ । पहिलो चरणमा भित्रिमधेश क्षेत्रमा भोलि सोमवार देखि बुधवार सम्म शुभकामना आदन प्रदान गरिने छ ।

सोमवार आलिताल गाविस, मंगलवार पररशुराम नगरपालिकाको जोगबुढा र बुधवार परशुराम नगरपालिकाको शिर्षमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिने छ । बिहीवार डडेल्धुरा सदरमुकाममा सरकारी कार्यालयका प्रमुखहरु संग शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गरिने कांग्रेस डडेल्धुराले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!