डडेल्धुराको भित्रि मधेस परशुराम क्षेत्रका बिभिन्न बन जङ्गलमा डढेलो लागेर सखाप

Posted on: 17 Apr, 2016

बैशाख ५, डडेल्धुरा । डडेल्धुराको भित्रि मधेस परशुराम क्षेत्रका बिभिन्न बन जङ्गलमा डढेलो लागेर सखाप हुन लाग्दा पनि सम्बन्धित निकायहरु भने मुख दर्सक बनेर बसेको स्थानीयले आरोप लगाएका छन ।

जोगबुढाको चुरे क्षेत्र लगायत हट्वानी सामुदायिक बन, केराबारी सामुदायिक बन, जमरानी, करेनी, लामीगडा लगायतका सामुदायिक बनमा डढेलो लागेका छ । ३ दिन पहिले देखि लागेको डढेलो संबन्धित निकायको बेवास्ताका कारण ठुलो क्षेत्रफलमा फैलिएको हो ।

डडेलोका कारण बन जङ्गलमा रहेका जडिबुटि जलेर सखाप हुदै गएका छन भने बन्यजन्तुहरुको बिचल्लि भएको छ । यतिबेला भित्रि मधेस धुवाले अन्धकारमय भएको छ भने वातावरण प्रदुषणले गर्दा बिभिन्न रोगब्याधि फैलिने खतरा बढेको छ । आगो संगै चल्ने हावाहुरीका कारण गााउमा आगो फैलिन सक्ने भन्दै स्थानिय बासिन्दा हरुले आगो निभाउन सम्बन्धित निकाय लाई आग्रह गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!