संविधान कार्यान्वयन गर्ने सरकारको मुख्य उदेश्य: मन्त्री भण्डारी

Posted on: 18 Apr, 2016

masht mandapमन्त्रीद्धारा मष्टामाण्डौमा अढाई करोड बढी लागतको स्वास्थ्य चौकी भवनको शिलान्यास ललित बोहरा/बैशाख ६, डडेल्धुरा । आगामी बर्षको आर्थिक बजेटले सरकारका उच्च महत्वका साथ जनतालाई आवश्यक राहत सहुलियत प्रदान गर्नेमा सरकार क्रियाशिल रहेको अर्थराज्य मन्त्रि दामोदर भण्डारीले बताएका छन ।

संविधानले जनताका मौलिक हक शिक्षा, स्वाश्थ्य लगायतका महत्वपुर्ण कुराहरु जनतालाई सहज रुपमा प्रदान गर्न उल्लेख गरेको उनले बताएका छन । डडेल्धुराको मष्टामाण्डौ गाविस ५ मा आज स्वास्थ्य चौकीको शिलान्यास गर्दै मन्त्रि भण्डारीले ग्रामिण क्षेत्रका नागरिकलाई सहज र शुलभ रुपमा राज्यको तर्फबाट स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन । नेपाली जनताका अधिकारमा मुद्दा पुरा भएको बताउदै मन्त्रि भण्डारीले अहिले सरकारले खास गरि विकास निर्माणका काममलाई तिब्रता दिईरहेको बताएका छन ।

सुदुरपश्चिममा महलिालाई बढी पिडा भएको बताउदै मन्त्रि भण्डारीले मष्टा माण्डौ लगायत सुदुरपश्चिमका अन्य स्थानमा भई रहेका स्वास्थ्य सम्बन्धि क्रियाकलापले स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन । मष्टामाण्डौ गाविसमा बन्ने दुई तले स्वास्थ्य चौकीको भवनका लागी स्वास्थ्य मन्त्रालयबाट अख्तियारी आएको शहरी विकास डिभिजन डोटीले जनाएको छ ।

अढाई करोड लागतको अनमान गरिएको स्वास्थ्य चौकी भवनका लागी एक करोड ९५ लाख रकम बजेट छुटाईएको शहरी विकास डिभिजनले जनाएको छ । गत मंसिर महिनामा ठेका पट्टा गरिए पनि सडक नहुदा काममा ढिलाई भएको थियो । अहिले सकायलबाट साढे चार किलोमिटर बढी सडक बने पछि भवन निर्माणको कार्य अघि बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!