बिद्युत प्राधिकिरण डडेल्धुराद्धारा बिद्युत चुहावट नियन्त्रण बिशेष अभियान सुरु

Posted on: 20 Apr, 2016

बैशाख ८, डडेल्धुरा । नेपाल बिद्युत प्राधिकिरण डडेल्धुरा बितरण केन्द्रले वक्यौता रकम उठाउन बिद्युत चुहावट नियन्त्रण बिशेष अभियान थालनी गरेको छ ।

लामो समय देखि बिद्युत महशुल नबुझाउने, हुकिङ गरेर बिजुली बाल्ने, बिग्रिएका मिटरबाट सञ्चालित लाईनलाई मर्मत गर्न लगाउने उद्धेश्यका साथ अभियानको थालनी गरेको डडेल्धुरा बितरण केन्द्रका प्राविधिक प्रमूख पुष्पराज राज भट्टले जानकारी दिएका छन ।

भट्टका अनुसार तिन महिना देखि बिद्युत महशुल नबुझाउने, न्यूनतम ५ हजार शुल्क बुझाउन बाकिँ रहेका ग्राहकको लाइन काट्निे छ । साथै मिटर रिडर, प्राविधिक, इन्जिनियर लगातयका कर्मचारीको अभाव हुँदा लेखा, प्रशासन, प्राविधिक, मिटर रिडिङ लगायतका कार्यमा ढिलाई हुने गरेको उनले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!