बस र टाटा सुमो ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

Posted on: 25 Apr, 2017

बैशाख १२, धनुषा । जनकपुर–ढल्केवर सडक खण्डमा विपरीत दिशाबाट आउँदै गरेका बस र टाटा सुमो आज दिउँसो एकापसमा ठोक्किँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । 

जनकपुरस्थित मुजेलियमा भएको यो दुर्घटनामा एकजना गम्भीर रुपले घाइते भएका छन् । दिउँसो करिब अढाई बजेको समयमा ना २ ख ५२२६ नम्बरको जनकपुरबाट जाँदै गरेका यात्रुबाहक बस र ढल्केवर तर्फबाट आउँदै गरेको ना १५ च १७५० नम्बरको टाटासुमो ठोक्किएको हो । 

घटनामा टाटासुमोमा सवार ४० वर्षका एक पुरुषको ज्यान गएको छ । सुमोका चालकको अवस्था चिन्ताजनक छ । उनीहरुको नाम खुल्न सकेको छैन । 

घाइतेहरुलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । दुर्घटना ‘अभरटेक’ गर्न खोज्दा भएको प्रत्यक्षदर्शीले बताएका छन् । बसका चालक तत्कालै फरार भएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!