ग्रिन अर्थ सोसाईटी नेपाल डडेल्धुराले जनचेतना मुलक ¥यालीको आयोजना गरि पृथ्वी दिवस

Posted on: 22 Apr, 2016

ललित बोहरा/बैशाख १०,  डडेल्धुरा । हामि बाच्न पृथ्वी बचाउ भन्ने नाराका साथ ग्रिन अर्थ सोसाईटी नेपाल डडेल्धुराले जनचेतना मुलक ¥यालीको आयोजना गरि पृथ्वी दिवस मनाएको छ । डडेल्धुरा सदरमुकाम बागबजार स्थित भिमदत्त बहुमूखि क्याम्पस बाट ¥यालीको आयोजना गरि तुफानडाडा हुदै पुनं क्याम्पस पुगि समापन गरिएको ग्रिन अर्थ सोसाईटी डडेल्धुरा अध्यक्ष तिर्थराज पनेरुले बताएका छन । ¥यालीमा संस्थाका सदस्य पदाधीकारी लगायत महेन्द्र नमुना उच्च माध्मीक बिद्यालयका बिद्यार्थीहरुको सहभागिता थियो । पर्यावरणको प्रशंसा र जागरुगतालाई प्रेरित गर्ने उदेश्यले दिवस मनाउन थालिएको हो । पृथ्वी दिवस हरेक वर्ष विश्वका १ सय ९२ राष्ट्रमा मनाइन्छ । सबैभन्दा पहिले सन १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पृथ्वी दिवस मनाएको थियो । सन २००९ मा राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेपछि संसारभर दिवस मनाउने गरिएको छ । पृथ्वीमा बढ्दै गएको समस्या समाधान र न्यूनीकरण गर्न मानिसलाई प्रेरित गर्नु दिवसको उदेश्य हो । पृथ्वीको संरक्षणमा ध्यान नदिँदा प्राकृतिक विपदका घटना बढ्दै गएका वातावरणविदले बताउँदै आएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!