डडेल्धुरामा परिवार नियोजनको स्थायी वन्ध्याकरण सिविर सञ्चालन हुने

Posted on: 25 Apr, 2017

बैशाख १२, डडेलधुरा | डडेल्धुरामा सन्तानको रहर पुगिसकेका पुरुष र महिलाहरुका लागि परिवार नियोजनको स्थायी वन्ध्याकरण शिवर सञ्चालन हुने भएको छ ।

जिल्ला स्वास्स्थ्य कार्यालय र उपक्षेत्रीय अस्पताल डडेल्धुराको सयुक्त आयोजनामा पुरुष र महिलाहरुका लागि परिवार नियोजनको स्थायी वन्ध्याकरण सिवर सञ्चालन हुने भएको हो ।

यही बैशाख १७ गते देखी २२ सम्म ६ दिने निःशुल्क सिविर सञ्चानल गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

सिविरमा पुरुषहरुका लागि स्थायी वन्ध्याकरण भ्यासेक्टोमी र महिलाहरुका लागि मिनिल्याप अप्रेशन सेवा सञ्चालन हुने छ । शिविर उपक्षेत्रीय अस्पतालमा सञ्चालन हुने जनाइएको छ  

यस बिषयमा तपाइको प्रतिक्रिया...!