हृदयघातले प्रहरी असईको ज्यान लियो

Posted on: 26 Apr, 2017

गणेश पौडेल/बैशाख १३, गोरखा । गोरखाको बालुवा प्रहरी चौकीमा कार्यरत असई हस्तबहादुर नेपालीको आज बिहान हृदयघातका कारण मृत्यु भएको छ ।

आज बिहान सवा ६ बजे तिर दाँत माझदै गर्दा बेहोस भएका नेपालीको जिल्ला अस्पताल गोरखा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पर्वत जिल्ला स्थायी घर भएका ४६ वर्षीय नेपाली प्रहरी चौकी बालुवाका इन्चार्ज हुनुहुन्थ्यो ।

अहिले उहाँको शव पोष्टमार्टम पछि जिल्ला अस्पताल राखिएको र आफन्त आएपछि शब जिम्मा लगाईने प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!