जनचेतना जगाउदै डडेल्धुरामा भुकम्प स्मृती दिवस मनाईयो

Posted on: 24 Apr, 2016

बैशाख १२, डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा लगायतले डडेल्धुरा स्थित बसपार्कमा आईतवार भु–कम्प स्मृती दिवस मनाएको छ । भूकम्प गएको आइतबार एक वर्ष पूरा भए संगै भु–कम्पमा परि ज्यान गुमाउने, घरवार विहिन, शारिरिक अंग भंग भएकाहरुको पिडामा मलम लगाउदै प्रोतसाहन गर्ने गरी जनचेतना जगाईएको छ । vukampa 2 नेपालीले अब यस्तो पिडा कहिलै भोग्न नपरोस भन्ने कामनाका साथ भु–कम्प स्मृती दिवस मनाईएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रशाद लुईटेलले बताएका छन । कार्यक्रममा स्थानियलाई सचेत गराउदै प्रमुख जिल्ला अधिकारी लुईटेलले भुकम्पले मात्रै क्षति नपु¥याउदै बताउदै हामिले बनाउने संरचनाहरु भुकम्प रहत बनाउनु पर्ने बताएका थिए । उनले दैविय जोखिम कुनै पनि समयमा आई पर्ने भएकाले आम नागरिकले सचेत रहनु पर्नेमा जोड दिएका थिए । vukampa 3 साथै उद्दारकार्यमा संलग्न शसस्त्र प्रहरी वेस क्याम्प डडेल्धुराले डडेल्धुरा सदरमुकाम तुफानडाडामा दैविय प्रकोप उद्दार पुर्व तयारी अभ्यासको प्रदर्शन गरेको छ । पोहोर वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परी झण्डै ९ हजार जनाको ज्यान गयो । हजारौं घाइते भए । लाखौं नागरिक विस्थापित भएका छन । धेरै घर, सरकारी कार्यालय, मठमन्दिर तथा ऐतिहासिक सम्पदा र धरोहर भत्किएका छन । भूकम्पले ३१ जिल्लाका नागरिक प्रभावित भए । क्षतिका आधारमा १४ जिल्ला बढी प्रभावित भएका छन ।

vukampa 1

यस बिषयमा तपाइको प्रतिक्रिया...!