बसन्तपुर बहुमुखी क्याम्पसमा आर्थिक समिति

Posted on: 26 Apr, 2017

बैशाख १३, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित बसन्त बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले गर्ने गतिविधिकालागि आर्थिक व्यवस्थापन गर्न हिमराज कटुवालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । 

समितिको सदस्यहरुमा विमला कार्की, खगेन्द्र लिम्बु, लिला दाहाल र दिलिप गुरुङ रहेका छन् । बुधबार क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा सबै विद्यार्थी संगठनहरुको भेलाबाट समिति गठन गरिएको समितिका संयोजक कटुवालले जानकारी दिनुभयो । 

सो समितिले क्याम्पसमा विद्यार्थीहरुले संयुक्त रुपमा गर्ने विभिन्न कार्यक्रमहरुकालागि आवश्यक पर्ने रकम संकलन तथा व्यवस्थापनको काम गर्नेछ । विद्यार्थीहरुको भेला कविता कार्कीको अध्यक्षतामा भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!