डडेल्धुराको साहुखर्कमा रहेको बाजे खिर पसलमा आगलागी, लाखौँको क्षति

Posted on: 25 Apr, 2016

ललित बोहर/ बैशाख १३, डडेल्धुरा ।  डडेल्धुराको असिग्राम– ८ साहुखर्कमा रहेको बाजेको खिर पसलमा आज दिउसो आगलागी हुदा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट ४–५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । साहु खर्कको वन जंगलमा हिजो अस्ति देखि नै डढेलो फैलिएको थियो । जङ्गलमा लागेको डढेलोको झिल्का उडेर आउँदा आज मध्यान्ह ४ बजे आगलागि भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर केशव चन्दले जानकारी दिएका छन । आगलागि बाट घरमा रहेका लत्ता कपडा, खाद्यान्न, भाडाँकुडाँ लगायतका सामाग्रीहरु जलेर पूर्ण रुपमा नस्ट भएका छन । आगलागी नियन्त्रणमा गएको अमरगढी नगरपालिकाको दमकल घटना स्थल नपुगी बाटोमै बिग्रिएको छ । दमकल घटना स्थल नपुग्दा थप क्षति भएको प्रहरी ईन्सपेक्टर चन्दले बताएका छन । आगलागि नियन्त्रणका लागि प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियहरु जुटेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!