नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धुरा शाखाद्धारा पुर्नरताजगी तालीम

Posted on: 25 Apr, 2016

बैशाख १३, डडेल्धुरा । डडेल्धुरा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धुरा शाखाले पुर्नरताजगी तालीम दिएको छ । सोमबार डडेल्धुरा सदमुकाममा नेपालको २९ बर्ष पुरानो जिवन बिमा कम्पनीले सुदुरपरिचमभरी कार्यता अभिकर्ताहरुलाई तालीम दिएको हो । जिवन बिमाको नयाँ नितीको बारेमा अभिकर्ताहरुलाई जानकारी गराउने उद्धेश्यले तालीमको आयोजना गरेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपरिचम प्रमुख सुरेस राज लावटले जानकारी दिनु भयो । आफनो ब्यक्तीगत , परिवारीक सुरक्षा लगायतका सुरक्षाको लागी गरिने बिमामा नेपाल सरकारको १० प्रतिशत लगानी रहेको र बिमा कम्पनीको पनी अन्र्तराष्टीय स्तरमा बिमा हुने गरेको समेत कार्यक्रममा जानकारी गराईएको थियो । यस्तै तालीमका प्ररिक्षक तथा मध्यपरिचम बिकाश क्षेत्रका प्रमुख राम चन्द्र तिवारीले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई अबिश्वसको आरोप लगाउनेहरुलाई कार्यालयमा आएर बुझेर कुरा गर्न आग्रह गरेको थिए । तालीममा १५० जना सहभागी रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धुराका प्रमुख कृष्ण पन्तले जानकारी दिनुभयो

यस बिषयमा तपाइको प्रतिक्रिया...!