कृषि तथा खाद्य सुरक्षा आयोजनाको समिक्षा, लक्ष्य अनुसार कार्यक्रम सम्पन्न

Posted on: 25 Apr, 2016

बैशाख १३, डडेल्धुरा । कृषि तथा पशुपालनको उत्पादकत्वमा बृद्धि गरि लक्षित समुदायको दैनिक आहारामा बिबिधी करण ल्याउने उद्देश्यले डडेल्धुरामा संञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजनाको आज समिक्षा गरिएको छ । बिशेष गरि गर्भवती महिला, दुई बर्ष मुनिका बालवालिकाको खाद्य पोषण सुरक्षामा सुधार ल्याउने आयोजनाको मुख्य लक्ष्य रहेको जनाईएको छ । नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गत तेस्रो बर्षमा संञ्चालनमा रहेको कृषि तथा खाद्य सुरक्षाको आयोजना जिल्ला श्वास्थ्य, कृषि विकास र पशु सेवा कार्यालयको समन्वयमा डडेल्धुरका १० वटा गाविसमा संञ्चालित छ । पहिलो चरण अन्तर्गत गांखेत र शिर्ष, दोसंो चरण्मा देवलदिव्यपुर, भद्रपुर, बेलापुर, नवदुर्गा र तेस्रो चरण अन्तर्गत आलिताल, असिग्राम, भागेश्वर, चिपुर गाविस गरि संञ्चालनमा रहेको समिक्षा गोष्ठिमा जनाईएको छ । परियोजना अन्तर्गत कृषक पाठशाला, लिडबृद्धि कार्यक्रम, अन्नवाली प्रदर्शनी, सिचाई, साना अनुदान, पोषक बालिको प्रदर्शनी, अभिमुखिकरण, जिल्ला स्तरिय पुनर्ताजगी योजना, बाख्रा मार्फत जिविको पार्जन, दुग्ध उत्पादन, गाउ स्तर नमुना बगैँचा, कृषक बाख्रा पाठशाला कार्यक्रम लक्ष अनुसार संञ्चालन गरेको बरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले समिक्षा गोठिमा कार्यपत्र प्रश्तुत गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!