सुदूरपश्चिममा निम्न माध्यामिक तहका विद्यार्थीले पूरै किताव पाउन सकेनन्

Posted on: 28 Apr, 2016

ललित बोहरा । बैशाख १६, डडेल्धुरा । नयाँ शैक्षिक शत्रको मध्यसम्म सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने सरकारको लक्ष्य अधुरै रहेको छ ।

शैक्षिक शत्रको २ हप्ता वितिसक्दा पनि सुदुरपश्चिमका सबै विद्यार्थीको हात–हातका पाठ्यपुस्तक पुग्न नसक्नुले सरकारको लक्ष्य अधुरै रहेको हो । सुदूरपश्चिमका बिद्यार्थीहरुले पनि पुरै पुस्तक पाउन नसकेको सुदूरपश्चि क्षेत्रीय शिक्षा निर्देशनालय डोटीले जनाएको छ । निर्देशनालयका उप निर्देशक बैकुण्ठ सुबेदीका अनुसार प्राथमिक तहका सबै पुस्तकहरु सुदूरपश्चिमका सबै जिल्लाका बिद्यार्थीहरुले पाईसकेको भएपनि निमावि तहका भने अझैँ केही पुस्तकहरु छापिन नै बाँकी रहेका छन् । अहिले कक्षा ६ को पेशा व्यवसाय र सामाजिक शिक्षा बिद्यार्थीहरुले पाएका छैनन् भने कक्षा सातको कम्प्युटर बिषय पनि बिद्यार्थीहरुले पाउन सकेको उहाले बताउनुभयो । कक्षा आठका भने सबै पुस्तकहरु बिद्यार्थीले पाईसकेको उहाँको भनाई छ ।

अहिलेसम्म सुदूरपश्चिम मात्रै नभई देशका धेरै ठाउँमा पुस्तक पुगेको छैन भने केहि किताव छपाइमा त्रुटी भेटिएको छ । भारतले गरेको नाकाबन्दीका कारण समयमा कागज उपलब्ध नहुँदा, इन्धन अभाव र लोडसेडिङका कारण पुस्तक छाप्न ढिला भएको विभागका महानिर्देशक बरालले बताउनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!