सुदूरपश्चिमाञ्चल क्षेत्रमा ७२ हजार ९ सय ९० हेक्टर वनमा आगलागि

Posted on: 28 Apr, 2016

ललित बोहरा/ बैशाख १६, डडेल्धुरा । गएको चैतयता सुदूरपश्चिमाञ्चल क्षेत्रमा ७२ हजार ९ सय ९० हेक्टर वनजंगलमा आगलागि भएको छ । आगलागिका कारण साना वोटविरुवा, बहुमुल्य जडिबुटी जलेर नष्ट भएका छन भने जंगली जनावरहरु, चराचुरुङ्गी समेत प्रभावित भएका छन । आगलागिका कारण सबैभन्दा बढी कैलालीमा ४० हजार हेक्टर वन क्षेत्र प्रभावित भएको छ । भने बझाङ्गमा सबैभन्दा कम १ सय ७५ हेक्टर वन क्षेत्र आगलागीको चपेटामा परेको सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयका निमित्त वन निर्देशक रमेश चन्दले जानकारी दिए । त्यस्तै कञ्चनपुरमा ९ हजार ५ सय ७० हेक्टर वन क्षेत्रमा आगलागि भएको छ । डोटीमा ३ हजार १ सय ३० हेक्टर, डडेल्धुरामा ८ हजार ४० हेक्टर, बैतडीमा १ हजार ५ सय हेक्टर, बाजुरामा २ सय ९० हेक्टर वन क्षेत्र आगलागिको चपेटामा परेको निमित्त निर्देशक चन्दले बताएका छन । यसैगरि अछाममा ३ हजार ३ सय ४२ हेक्टर वन क्षेत्रमा आगलागि भएको बताउँदै चन्दले कंचनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ६ हजार ८ सय ५४ हेक्टर, दार्चुलामा रहेको अपिनाम्पा संरक्षित क्षेत्रमा ८३ हेक्टर र खप्तड राष्ट्रिय निकुञ्जमा ६ हेक्टर वन क्षेत्रमा आगलागि भएको बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!