रुकुममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

Posted on: 28 Apr, 2017

बैशाख १५, काठमाडौँ । रुकुमको आठविसकोट नगरपालिका १४ पिपलचौरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

आठविसकोट १४ कै छेपारेबाट आठविसकोटको राडीका लागि छुटेको जीप ठुलीभेरीमा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका ८ का १ वर्षिय बालक सिजन बुढा र जाजरकोट सक्लाका २४ वर्षिय कुमबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक थम्मनवहादुर रजालीले जानकारी दिए ।

उनका अनुसार मृतक १ जनाको भने सनाखत हुन बाँकी छ । घटना स्थलबाट ११ जनाको उद्धार गरिएको छ । गाडी नदीमा खसेका कारण केही यात्रु नदीमा बगेको हुनसक्ने प्रहरीको अनुमान छ । जीपमा कति यात्रु सवार थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ । जीप के कारण दुर्घटना भएको भन्ने खुल्न सकेको छैन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!