स्थानीय स्तरबाटै शान्ति र मेलमिलापको वातावरण तर्जुमा गरिनु पर्नेमा जोड

Posted on: 28 Apr, 2016

बैशाख १६, डडेल्धुरा । स्थानीय शान्ति समिति डडेल्धुराद्वारा आयोजना गरिएकोे शान्ति प्रर्वद्धन तथा मेलमिलाप सम्बन्धी २ दिने तालिम आज बाट शूरु भएको छ । स्थानीय स्तरबाट शान्ति स्थापनामा सहयोग गरिनुपर्ने र गाबिस सचिवहरुद्धारा समुदायमा शान्तिको सन्देश पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको स्थानिय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले जानकारी दिएका छन ।

स्थानिय स्तरमा मेलमिलाप कसरी गर्ने, समाजमा हुने गरेका विभिन्न खाले बिबादहरुलाई कसरी सुल्झाउने र समाजमा कसरी भाइचाराको भावना स्थापित गराउने भन्ने बारेमा छलफल गरिने संयोजक साहीले बताएका छन । तालिमको उद्धाटन सत्रमा बोल्दै सहायक प्रमूख जिल्ला अधिकारी करुणाकर अवस्थीले स्थानीय स्तरबाट शान्ति र मेलमिलापको वातावरण तर्जुमा गरिनु पर्नेमा जोड दिएका छन ।

समाजमा मेलमिलाप गराउनमा गाबिस सचिवहरुको महत्वपूर्ण भूमिका रहेकाले गाविस सचिवहरुले लागि पर्नुपर्ने बताएका छन । तालिममा डडेल्धुराका १८ वटै गाविसका गाविस सचिवहरुको सहभागिता छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!