जंगलको डढेलोले घर जलायो

Posted on: 28 Apr, 2016

बैशाख १६, डडेल्धुरा । डडेल्धुराको भित्रीमधेष क्षेत्रमा जंगलको डढेलोले एक घर जलेर सखाप भएको छ । परशुराम नगरपालिका ११ नाराङ्गा भन्ने ठाउँमा रहेको धन बहादुर बागको घरमा हिजो साँझ आगलागि भएको हो । जंगलमा लागेको डढेलोबाट आगोको झिल्का खरले छाएको घरमा परेपछि आगलागी भएको हो । घर जलेर पूर्ण रुपमा क्षती भएको स्थानिय शिक्षक गणेश बहादुर भाटले जनाकारी दिएका छन् । मानविय क्षती भने नभएको जनाईएको छ । भित्री मधेषका अधिकांश वनहरुमा अहिले डढेलो लागिरहेको छ । सिद्धभगवती सामुदायिक वनमा लागेको डढेलोले घर पनि जलेको पिडितले बताएका छन् । घर नै जले पछि परिवारका सदस्य बिचल्लीमा परेका छन । यस्तै डोटीमा आगलागिका कारण सामुदायिक तथा कबुलियती गरि करिब एकहजार ७ सय ४४ हेक्टर बन सखाप भएको छ । जिल्ला बन कार्यालय डोटीका वन अधिकृत बद्री कुमार कार्कीले दिएको जानकारी अनुसार डोटीका सामुदायिक तर्फका ८५, कबुलियती तर्फका २ तथा अन्य केही सरकारी बनमा आगलागि भएको छ । आगो निभाउने प्रयास भईरहेता पनि अत्याधिक खडेरी र गर्मिका कारण वन सुख्खा भएकाले निभाउन सकिएको छैन । पानी नपरेकै कारण यस्तो समस्याको सिर्जना भएको हो । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जनजागृति सामुदायिक वन उपभोक्ता समितिका कोषाअध्यक्ष देव बहादुर बमले बताउनु भयो । बनमा नयाँ घास उम्रीने आसाले कहि कतै त स्थानियबासी तथा उपभोक्ताले नै बनमा आगो लगाउने गरेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!