कोरियन भाषा परीक्षाको फारम भर्ने क्रम जारी

Posted on: 28 Apr, 2016

बैशाख १६, डडेल्धुरा । दक्षिण कोरिया जान लिइने इपीएस भाषा परीक्षाको आवेदन भर्ने क्रम आज पनि चलिरहेको छ । हिजो देखि सुरु भएको भाषा परीक्षाको आवेदन ४ दिन सम्म दिन पाइने छ । रोजगारीका लागि कोरिया जान सबै भन्दा पहिले भाषा परीक्षा पास गर्नु पर्छ । हिजो पहिलो दिन २१ हजार बढीले फाराम भरेका छन् । इपीएस कोरिया शाखाले असार ४ र ५ गते सातौं भाषा परीक्षा लिँदैछ । इपीएसले काठमाडौ उपत्यकाका सातदोबाटो, च्यासल मैदान, गौशाला, महाराजगञ्ज र कीर्तिपुर तथा उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरामा फाराम संकलन केन्द्र राखेको छ । भाषा परीक्षामा १८ वर्ष उमेर पुगेका, ३९ वर्ष नकाटेका तथा फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएका सहभागी हुन पाउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!