डडेल्धुरामा पहिलो पटक जापानिज इन्सेफ्लाइटिस बिरुद्धको खोप

Posted on: 30 Apr, 2016

बैशाख १८, डडेल्धुरा | जापानिज इन्सेफ्लाइटिसको जोखिम बढे पछि डडेल्धुरा जिल्लामा पनि पहिलो पटक जापानिज इन्सेफ्लाइटिस बिरुद्धको खोप अभियान थालिदैँ छ ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले बैशाख २६ गते देखि यस बिरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको आज आयोजित अन्र्तक्रिया कार्यक्रममा जानकारी गराइएको हो । बैशाख २६ गते देखि करिब ९ दिन सम्म चल्ने खोप कार्यक्रमको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका खोप अधिकृत भोजराज भट्टले बताएका छन । यस पटकको खोप अभियान डडेल्धुरा जिल्लामै पहिलो भएकाले एक बर्ष देखि १५ उमेर समूहका ४२ हजार बालबालिकालाई खोप लगाइने खोप अधिकृत भट्टले जानकारी दिएका छन ।

क्युलेक्स जातको लामखुट्टेले टोकेपछि जापानीज इन्सेफ्लाइटिस हुने गर्छ । जापानिज इन्सेफ्लाइटिस बाट नेपालमै अहिले सम्म बढी सक्रंमित व्यक्ति कैलालिमा भेटिएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!