सगरमाथा शिविरमा शव भेटियो

Posted on: 30 Apr, 2017

बैशाख १७, सोलुखुम्बु । सगरमाथाको पहिलो आधारशिविर छेउमा शव भेटिएको छ । 

सगरमाथा आरोहीका एक सहयोगीले आज पहिलो शिविरमा शव देखेपछि खबर गरेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । 

बाटो छेउमा हिउँले पुरिएर रहेको शवको खुट्टा बाहिर देखिएकाले पहिचान हुन नसकेको र उद्धारका लागि हिमाली भेगमा रेस्क्यु गर्ने दक्ष व्यक्ति पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । 

सगरमाथा आधारशिविर वरपर कुनै पनि व्यक्ति हराएको सूचना नआएको प्रहरीले जनाएको छ । सगरमाथा आरोही अहिले दोस्रो शिविरसम्म पुगिसकेका बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!