डडेल्धुराका नागरिकमा रक्तदान गर्ने बानि अझै परेन

Posted on: 30 Apr, 2016

बैशाख १८, डडेल्धुरा । रक्तदान गर्ने वानि व्यहारमा लागु नहुदा डडेल्धुराकमा सञ्चालनमा रहेको रक्त सञ्चय ब्लड बैंकमा रगतको अभाव हुने गरेको नेपाल रेडक्रस सोसाईटी डडेल्धुराले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटी शाखा डडेल्धुराले ब्लड बैंक संञ्चालन गर्ने अनुमति पाएको भए पनि रक्तदान गर्ने व्यक्तिको अभावमा रगत आपुर्ती हुन नसकेको जनाएको हो ।

शुक्रवार आफ्नो नियमित बैठकमा जानकारी गराउदै रेडक्रसले विभिन्न समयमा रक्तदान शिविरको आयोजना गरे पनि रक्त दान दाताको अभाव हुने गरेको जनाएको छ । ब्लड बैंकसंग आवश्यक जनशक्ति सामाग्रीहरु उपलब्ध भए पनि रक्तदान दाताको अभाममा उपक्षेत्रिय अस्पतालमा आवश्यक रगत आपुर्ती गर्न नसकेको जनाएको हो । ब्लड बैंक डडेल्धुराले एक सय पिन्ट रगत सञ्चय गर्न सक्दछ । बैठकले स्थानिय सञ्चारका माध्यमहरुमा रक्तदान सम्बन्धि जनचेतना मुलक संन्देश प्रशारण गर्ने र आउदो बैशाख २० गते उपक्षेत्रय अस्पतामा रक्तदान शिविर गर्ने निर्णय पनि गरेको छ ।

१८ देखि ६० बर्ष उमेरका ४५ किलोग्राम माथि तौल भएका स्वस्थ नागरिकले प्रत्येक तिन तिन महिनामा रक्तदान गर्न सकिने ब्लड बैंक प्रमुख गणेश ऐरले बताएका छन । रगतको विकल्पमा बैज्ञानिकहरुले पनी अहिले सम्म कुनै विकल्पको आविस्कार गर्न नसकेकाले पनि रक्तदान जीवन दान समान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!