मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

Posted on: 30 Apr, 2017

बैशाख १७, तेह्रथुम | तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा मिलको फित्ताले बेरिएर एक महिलाको मृत्यु भएको छ । 

आज बिहान धान कुटाउन मिलमा गएकी ५३ वर्षीया नरमाया पौडेलको सल मिलको फित्तामा अल्झिएपछि बेरिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले जानकारी दिनुभयो । 

पौडेललाई स्थानीयवासी कृष्णबहादुर लिम्बूको कुटानी पिसानी मिलमा फित्ताले बेरेको मृतकका श्रीमान् खम्बबहादुर पौडेलले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!