डडेल्धुरामा भएको आगलागिको घटनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण

Posted on: 30 Apr, 2016

बैशाख १८, डडेल्धुरा । डडेल्धुराको बागबजारमा शुक्रबार भएको आगलागिको घटना प्रति राष्ट्रिय जनमोर्चा डडेल्धुराको ध्यानाकर्षण भएको छ ।

अग्नी पिडितहरुलाई तत्काल राहत, सहुलियत, क्षतिपूर्ति उपलव्ध गराइदिन नेपाल सरकार समक्ष अनुरोध गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लाल बहादुर जाग्री तथा जिल्ला अध्यक्ष पदम ओलीद्धारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ । सदरमुकाममा यस्ता घटना पटक–पटक हुदाँपनि अमरगढी नगरपालिकाको दमकल तयारी अवस्थामा नहुनु प्रति दुःख ब्यक्त गरेको छ ।

आक्रोशित ब्यक्तिहरुले नगरपालिकाका फर्निचरहरुमा क्षति पुर्याउनु प्रति पनि निन्दा र भत्र्सना गरेको समेत बिज्ञप्तीमा उल्लेख छ । साथै गर्मी समयमा सबै नागरिगहरुमा संयमता अपनाउन सजक समेत गराएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!