महाकाली अञ्चलमा बिगतका बर्षहरुभन्दा बहुबिबाहका घटनामा कमि

Posted on: 30 Apr, 2016

बैशाख १८, डडेल्धुरा । सुदूरपश्चिमको महाकालि अञ्चलमा बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको भएपनि महिलामाथि हुने जबर्जस्तिकरणि र बेचबिखनका घटनामा भने कमि आएको छैन ।

महाकालि अञ्चलमा बिगत १० महिनाको अबधिमा बहुबिबाहका ६ वटा मुद्धा मात्रै प्रहरीमा परेका छन । गत साउनदेखि चैत्रसम्म डडेल्धुरामा २ र कञ्चनपुरमा ४ वटा गरी महाकालि अञ्चलमा जम्मा ६ वटा मुद्धा दर्ता भएको महाकालि अंञ्चल प्रहरीले जनाएको छ । दार्चुला र बैतडीमा भने बहुबिबाहका मुद्धा दर्ता नभएको बताइएको छ । समाजमा आम नागरीक शिक्षित हुनुका साथै बहुबिबाह सम्बन्धि सचेत भएकाले बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको महाकालि अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो ।

तथ्यांक अनुसार सबैभन्दा बढी कंचनपुरमा जबर्जस्तिकरणिका १५ वटा मुद्धा कञ्चनपुरमा दर्ता भइ दोषिमाथि कानुनि कार्बाहि अघि बढाइएको छ । यस्तै यता डडेल्धुरामा एक, बैतडीमा ३ र दार्चुलामा ३ मुद्धा दर्ता भएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!