कक्षा १२ को परिक्षा सोमबार देखि, सुदुरपरिचमका पहाडी जिल्लामा ५९ परीक्षा केन्द्र

Posted on: 01 May, 2016

ललित बोहरा | बैशाख १९, डडेल्धुरा | वैशाख २० गते भोलि देखि देशै भर सञ्चालन हुने कक्षा १२ र जेठ २ गते देखि सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी सुदुरपश्चिमका सात पहाडी जिल्लाहरुमा पुरा भएको उच्च माध्यमिक शिक्षा परिषद डडेल्धुराले जनाएको छ ।

सुदुरपरिचमका ७ पहाडी जिल्लाबाट नियमीत तर्फ कक्षा १२ को परिक्षामा ५ हजार १ सय ६५, आंशिक तर्फ ५ हजार ९ सय ७५ जना परिक्षार्थी सहभागी हुदै छन । यस्तै जेठ २ गतेबाट सञ्चानल हुने कक्षा ११ को परिक्षामा नियमीत तर्फ ९ हजार तिन सय २६ र आशिक तर्फ चार हजार दुई सय ८६ जना सहभागी हुने उच्च माध्यमिक शिक्षा परिषद् डडेल्धुराले आईतबार पत्रकार सम्मेल मार्फत जनाएको छ । सुदुरपरिचमका पहाडी सात जिल्लामा ५९ परिक्षा केन्द्र तोकिएका छन । ५९ परिक्षा केन्द्र अन्तर्गत डडेल्धुरामा ५, बैतडीमा १२, दार्चुलामा १०, डोटीमा ८, बझाङमा ९ अछाममा ११ र बाजुरामा ४ परिक्षा केन्द्र तोकिएको उच्च शिक्षा परिषद् डडेल्धुराले जनाएको छ ।

सात पहाडी जिल्लाको परीक्षाका लागि ५९ केन्द्राध्यक्ष, ६२ सहायक केन्द्राध्यक्ष, २ सय ८३ निरिक्षक, ६७ कर्मचारी र ७ सय ८ सुरक्षाकर्मी गरी जम्मा १३ सय ६ जना परिक्षा केन्द्रमा परिचालित हुने छन् । केन्द्रीय परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माका अनुसार ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गरिने छ । यस वर्ष परीक्षा सँगै अन्य उच्च माध्यमिक विद्यालयको अवस्थाको पनि अवलोकन गरिने उनले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!