डडेल्धुरामा सञ्चालित गरिबी निवारण सम्बन्धी सबै कार्यक्रमलाई एकीकृत गरिदैँ

Posted on: 03 May, 2016

बैशाख २१, डडेल्धुरा । गरिबी निवारणका कार्यक्रम धेरैतिर छरिँदा चाहे जति प्रभावकारी हुन नसकेको भन्दै गरिवि निवारण कोष डडेल्धुराले गरिबी निवारण सम्बन्धी सबै कार्यक्रमलाई एकीकृत गरी सञ्चालन गर्ने तयारी गरेको छ । गरिवि निवारण कोष डडेल्धुराद्धारा आज आयोजित सामुदायिक संस्थाको सस्थांगत स्तरवृद्धि मापन सम्बन्धि अभिमुखीकरण गोष्ठीमा बोल्दै संयोजक धर्मराज उप्रेतीले गरिबी निवारणको नाममा विविध कार्यक्रम फरक–फरक निकायबाट सञ्चालन भइरहेको अवस्थामा समन्वयको अभावले गर्दा भने जति प्रभावकारी बन्न नसकेको बताएका छन । कार्यक्रमका प्रमूख अतिथि तथा प्रमूख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले त्यस्ता कार्यक्रमलाई एकीकृत गर्ने गरी प्रभावकारी संयन्त्र मार्फत सञ्चालन गरिनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक पर्ने योजना तयार पार्नुपर्ने सुझाव दिएका छन । गरिवि निवारण कोष डडेल्धुरा मार्फत सञ्चालित सामुदायिक संस्थाको सङ्ख्या ५ सय ५ रहेको छ । हाल कुल जनसङ्ख्याको २१ प्रतिशत भन्दा माथि गरिबीको रेखामुनि रहेकाले गरिबीलाई १८ प्रतिशतमा झार्नुपर्नेमा समेत गोष्ठीमा जोड दिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!