शान्ति समितीद्धारा सञ्चालित योजनाको अनुगमन

Posted on: 03 May, 2016

ललित बोहरा/बैशाख २१, डडेल्धुरा ।  स्थानिय शान्ति समिती डडेल्धुराद्धारा भित्रि मधेश जोगबुढा क्षेत्रमा संञ्चालित योजनाको अनुगमन गरिएको छ । आर्थिक बर्ष २०७२/७३ मा संञ्चालित परशुराम संस्कृत महाबिद्यालय, गोजा सिचाई योजना, कृष्ण कालिका माध्यमिक बिद्यालय आलितालको अनुगमन गरिएको हो । गत आर्थिक बर्षको दुई लाख र चालु आर्थिक बर्षको चारलाख गरि ६ लाख रकमको लागतमा एक कोठे भवन निर्माणका लागी सम्झौताको तयारीमा रहेको स्थानिय शान्ति समिती डडेल्धुराले जनाएको छ । गत बर्षको रकमले फाउन्डेसन तयार गरिएको छ । साढे नौ लाख रकमको गोजा सिचाई योजना सम्पन्न भईसकेको छ । कृष्ण कालिका माध्यमिक विद्यालयको एक कोठे भवनका निर्माणका लागी एक लाख रकम क्रमागत रुपमा विनियोजन गरिएको छ । अनुगमनका क्रममा भित्रि मधेश क्षेत्रमा सञ्चालित योजनाहरुमा बजेट अनुसारको काम गरिएको शान्ति समिती डडेल्धुराका संयोजक गजेन्द्र शाहीले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!