रोजगारको माग गर्दै आमरण अनसनमा बसेकालाई डडेल्धुराका युवाहरुको एक्युबद्धता

Posted on: 03 May, 2016

बैशाख २१, डडेल्धुरा । स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै खुलामञ्चमा विगत ७ दिन देखि आमरण अनशनमा बस्दै आएका युवाको पक्षमा परशुराम नगरपालिका जोगबुढा डडेल्धुराका युवाले एक्यबद्धता जनाएका छन ।

रोजगार, समृद्धि, राष्ट्रियता रोजगारिका लागी आमरण अनसनमा बसेका युवाको पक्षमा एक्यबद्धता जनाउदै जोगबुढाका युवाले ¥याली निकालेका छन । रोजगारी र समृद्धिका लागी आर्थिक क्रान्तिको अभियान जोगबुढा डडेल्धुराको आयोजनामा ¥याली निकालिएको छ ।

¥यालीमा सहभागी सयौ युवाहरुले सरकारलाई रोजगारीको गारेन्टि गर, योग्यता, सीप र दक्षताअनुसारको रोजगारीको प्रत्याभूत गरिनु पर्ने, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिइनु पर्ने, बेरोजगार भत्ताको व्यवस्था गरिनु पर्ने लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै माग राखेर १२ जना युवा गएको बुधबार देखि खुलामञ्चमा आमरण अनशनमा बसिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!