प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न सितलनिवास पुगे

Posted on: 04 May, 2016

बैशाख २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो राष्ट्रपति विद्या भण्डारीलाई भेट्न सितलनिवास पुगेका छन् ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनका सम्बन्धमा एमाओवादीले गरेको निर्णयबारे जानकारी गराएलगत्तै प्रधानमन्त्री ओली सितलनिवास पुगेका हुन् ।

Bidhya-Bhandari-President-and-KP-Oli-PM बुधबार बिहान एकीकृत माओवादीले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर प्रचण्डले पार्टीको निर्णयबारे जानकारी गराएका थिए ।

एमाओवादीले कांग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वमा सरकार गठनका लागि सत्तारुढ दलसँग औपचारिक आग्रह गरेपछि बुधबार दिनभर शीर्ष तहको राजनीतिक भेटवार्ता चलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!